काठमाडौं । शिक्षक–कर्मचारीहरूले ट्रेड युनियन अधिकार सुरक्षित गर्न र संविधानको अनुसूची–८ खारेज गर्न सरकारसँग माग गरेका छन्।
विभिन्न शिक्षक तथा कर्मचारी संगठनहरूले पत्रकार सम्मेलन गर्दै शिक्षा क्षेत्र स्थानीय तहमा राख्ने व्यवस्था पुनर्विचार गर्नुपर्ने बताएका हुन्।
उनीहरूले सार्वजनिक शिक्षामा बजेट वृद्धि, शिक्षा ऐन जारी, श्रम अधिकार सुनिश्चितता लगायत १४ बुँदे माग पनि अघि सारेका छन्।


