काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालसहित तीन उच्च पदाधिकारीले राजीनामा दिएका छन्।
रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले पनि बिहीबार कुलपति तथा प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन्। राजनीतिक नियुक्ति खारेज गर्ने तयारी भइरहेकाले पदमा बसिरहन उपयुक्त नलागेको भन्दै उनीहरूले राजीनामा दिएको जनाइएको छ।
राजीनामा दिने तीनै जना पूर्व सरकारका पालामा नियुक्त भएका थिए।


