झापाको दमकस्थित रतुवा नदीमा आधुनिक ‘स्टिल आर्क’ प्रविधिको सिग्नेचर पुल निर्माण तीव्र रूपमा अघि बढेको छ। पूर्व–पश्चिम एसियाली राजमार्गअन्तर्गत निर्माण भइरहेको पुलको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ।
रतुवासँगै मोरङको लोहन्द्रा र बक्राहा नदीमा पनि आकर्षक आर्क पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ।


