Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको चेतावनी

देशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको चेतावनी

काठमाडौं, वैशाख १५ – जल तथा मौसम विज्ञान विभागले बुधबार देशका धेरै जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, मधेस र कोसी प्रदेशका डडेलधुरा, डोटी, बाँके, बर्दिया, दाङ, अर्घाखाँची, धनुषा, बारा र मोरङलगायत आसपासका क्षेत्रमा हावाहुरीको असर देखिन सक्छ।

हावाहुरी बुधबार साँझ सुरु भई बिहीबार बिहानसम्म रहने अनुमान गरिएको छ। मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *