Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दोहन र लुटतन्त्रका प्रतिवेदन पढ्दा स्तब्ध, सुधार अभियान जारी : अर्थमन्त्री वाग्ले

दोहन र लुटतन्त्रका प्रतिवेदन पढ्दा स्तब्ध, सुधार अभियान जारी : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशमा विगतमा भएको दोहन र लुटतन्त्रसम्बन्धी प्रतिवेदनहरू पढ्दा आफू स्तब्ध हुने बताएका छन्। उनले संस्थागत कब्जा, नीतिगत सेटिङ र भ्रष्ट राजनीतिक–व्यापारी गठजोड अन्त्य गर्न सरकार सक्रिय रहेको दाबी गरे।

राजधानीमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार “फोहोर सफा गर्ने” अभियानमा रहेको भन्दै निजी क्षेत्रलाई विगतका गल्ती नदोहोर्याउन र अपराधीलाई संरक्षण नगर्न चेतावनीसमेत दिए। उनले सरकारलाई कठोर होइन, तर सावधानीपूर्वक सुधारतर्फ अघि बढिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *