Friday, June 05, 2026
Home > स्थानीय समाचार > धनगढीको विकासबाट सिक्नुपर्ने मेयर महर्जनको भनाइ

धनगढीको विकासबाट सिक्नुपर्ने मेयर महर्जनको भनाइ

धनगढी, १३ वैशाख। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धनगढी उपमहानगरपालिकाको विकास देखेर प्रभावित भएको बताएका छन्।

‘ई–वेस्ट प्रोसेसर ट्रेनिङ’ उद्घाटन कार्यक्रममा उनले धनगढीको ६ लेन सडक, स्मार्ट बत्ती र हरियाली व्यवस्थापनको प्रशंसा गर्दै ललितपुरले धेरै कुरा सिक्नुपर्ने उल्लेख गरे।

मेयर महर्जनले धनगढीले सुरु गरेको ई–वेस्ट व्यवस्थापन प्रणाली आफूले पनि ललितपुरमा लागू गर्ने योजना रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *