काठमाडौँ– ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट झापाका दाजुभाइ सुमित (३३) र सिर्जन नेम्बाङ (२६) घाइते भएका थिए, जो राती अस्पतालमा मृत्यु भएका छन्।
प्रहरीका अनुसार विवाद गलत नम्बरमा फोन गएको कारण सुरु भएको थियो। घटनामा संलग्न ललितपुर–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारसहित पाँच जनालाई पक्राउ गरिएको छ।


