Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोरला नाका नजिक भिरबाट खस्यो जिप, चालक घाइते

कोरला नाका नजिक भिरबाट खस्यो जिप, चालक घाइते

मुस्ताङ: कोरला नाका नजिक भिरालो सडकबाट जिप खस्दा चालक घाइते भएका छन्।

ग१च २२५५ नम्बरको टोयोटा हायस जिप अनियन्त्रित भई सडकबाट तल खसेको हो। दुर्घटनामा नागमिन सुब्बा घाइते भएका छन् भने जिपमा सवार अन्य चार जनाको अवस्था सामान्य रहेको छ।

सशस्त्र प्रहरी बल नेपाल ले चालकको उद्धार गरी उपचारका लागि जोमसोमतर्फ लगेको जनाएको छ। प्रारम्भिक रूपमा कच्ची र जोखिमपूर्ण सडकका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *