Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महामन्त्री पौडेलले प्रधानमन्त्रीलाई संसदको उपेक्षा गरेको आरोप लगाए

महामन्त्री पौडेलले प्रधानमन्त्रीलाई संसदको उपेक्षा गरेको आरोप लगाए

काठमाडौँ — कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र साहले जानाजानी संसदको उपेक्षा गरेको र सरकारको गतिविधिले लोकतन्त्रमाथि जोखिम बढाएको आरोप लगाएका छन्।

पौडेलले सरकारको शक्तिको अत्यधिक केन्द्रिकरण, नागरिकमा निराशा र व्यवस्थाप्रतिको शंका बढाउने जोखिम रहेको बताएका छन्। उनले प्रधानमन्त्रीको ‘म नै सबैथोक हुँ’ मनोविज्ञान लोकतन्त्रका लागि खतरा भएको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *