काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले युक्रेनमा युद्धवन्दी बनेका नौ नेपाली नागरिकलाई रिहा गर्न आग्रह गरेका छन्।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहासँगको टेलिफोन वार्तामा खनालले मानवीय आधारमा उनीहरूलाई मुक्त गरी स्वदेश फर्काउन अनुरोध गरेका हुन्।
वार्तामा नेपाल–युक्रेन सम्बन्ध र युद्धवन्दीको विषयमा छलफल भएको जनाइएको छ। युक्रेनी पक्षले यस विषयमा संवादका लागि सकारात्मक रहेको बताएको छ।


