काठमाडौँ । सुकुमबासीले रास्वपा कार्यालय घेराउ गर्ने तयारी गरेपछि वनस्थलीस्थित पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रदर्शनको सूचना पाएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
सरकारले विकल्पबिना बस्ती हटाउन लागेको भन्दै सुकुमबासीहरू विरोधमा उत्रिएका छन्।


