डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई पर्चा देखाएर प्रदर्शन नगर्न निर्देशन दिएका छन्।
हर्क साम्पाङ सहितका सांसदहरूले सदनमा पर्चा देखाएर विरोध गरेपछि सभामुखले संसदीय मर्यादा कायम राख्न आग्रह गरेका हुन्।
सभामुखले सदन विरोध गर्ने स्थान भए पनि नियमअनुसार मर्यादित ढंगले मात्र विरोध गर्नुपर्ने स्पष्ट पारेका छन्।


