सिरहा — सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादव विरुद्ध कारबाहीको माग गर्दै कर्मचारीहरूले कार्यालयमै धर्ना दिएका छन्, जसका कारण कामकाज ठप्प भएको छ।
सोमबार बिहान हाजिरी गरिरहेका कार्यालय सहयोगी रामशरण यादव माथि मेयर यादवले गालीगलौज गर्दै लात्ती–मुक्का प्रहार गरेको आरोप छ।
कर्मचारीहरूले पीडितको निःशुल्क उपचार, क्षतिपूर्ति र मेयरमाथि कानुनी कारबाहीको माग गरेका छन्। माग पूरा नभए आन्दोलन जारी रहने चेतावनी दिइएको छ।


