काठमाडौं । सांसद अभिषेकप्रताप साह ले कपिलवस्तु घटनामा गोली लागेर मृत्यु भएका अरुण यादव लाई सहिद घोषणा गर्न माग गरेका छन्।
प्रतिनिधिसभामा उनले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही गर्न र घाइतेको उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेका हुन्।


