Friday, June 05, 2026
Home > स्थानीय समाचार > स्रोत नखुलेको ८ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको ८ लाखसहित दुई जना पक्राउ

काठमाडौँ — नेपाल प्रहरी ले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिकाका २३ वर्षीय कृष्णकुमार पासवान र ४१ वर्षीय शिवनारायण महतो रहेका छन्। भारतबाट मोटरसाइकलमा आएका उनीहरूलाई शरीर खानतलासी गर्दा नगद बरामद भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *