हर्क साम्पाङ ले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पार्दै प्रतिपक्षमै बसेर काम गर्ने बताएका छन्। उनले जनताले आफूहरूलाई प्रश्न गर्ने भूमिकाका लागि म्यान्डेट दिएको बताए।
साम्पाङले रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने धारणा दोहोर्याउँदै, प्रतिपक्षका प्रश्नको जवाफ दिन सक्ने व्यक्ति नै नेतृत्वमा हुनुपर्ने उल्लेख गरे।
उनले राम्रो कामलाई समर्थन र गलत कामको विरोध गर्ने नीति अनुसार अघि बढ्ने पनि बताएका छन्।


