पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित बत्तिसे झरना क्षेत्रमा ९३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ। पर्यटकलाई सुरक्षित रूपमा झरनाको दृश्यावलोकन गराउने उद्देश्यले पुल बनाइएको हो।
कोशी प्रदेश सरकारको ४८ लाख रुपैयाँ लागतमा बनेको पुलले अब बत्तिसे झरनामा पर्यटक आकर्षण थप बढाउने अपेक्षा गरिएको छ।


