Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > होर्मुजमा नाकाबन्दी, चीनलाई ट्रम्पको चेतावनी

होर्मुजमा नाकाबन्दी, चीनलाई ट्रम्पको चेतावनी

एजेन्सी । डोनाल्ड ट्रम्पले इरान–अमेरिका तनावबीच चीनलाई कडा चेतावनी दिएका छन्। इरानलाई सैन्य सहयोग गरेको प्रमाण भेटिए चीनमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने उनले बताएका छन्।

यसैबीच होर्मुज जलडमरू क्षेत्रमा अमेरिकाले नाकाबन्दी गर्दै निगरानी कडा बनाएको छ। इरानी बन्दरगाहतर्फ जाने–आउने जहाज नियन्त्रणमा लिने तयारी गरिएको छ।

इरानले भने विदेशी सैन्य उपस्थितिलाई युद्धविराम उल्लंघन भन्दै कडा प्रतिक्रिया जनाएको छ। बढ्दो तनावले मध्यपूर्वमा द्वन्द्व चर्किने र विश्व तेल आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *