सर्लाहीको मलंगवा–७ स्थित बडकी पोखरी मुसैलीको सौन्दर्यीकरण योजना ६ वर्षदेखि अधुरै छ। ६ करोडभन्दा बढी लागतको योजनामा हालसम्म करिब २३ प्रतिशत मात्रै काम भएको छ।
पटक–पटक म्याद थपिए पनि काम अघि नबढ्दा स्थानीयवासी र जनप्रतिनिधि असन्तुष्ट छन्। योजना अधुरो हुँदा विद्यालयले माछापालनबाट हुने वार्षिक २० लाखभन्दा बढी आम्दानीसमेत गुमाएको जनाएको छ।


