Wednesday, March 11, 2026
Home > स्थानीय समाचार > सिरहामा बम विस्फोट, एक जना घाइते

सिरहामा बम विस्फोट, एक जना घाइते

सिरहा सदरमुकामस्थित सिरहा जिल्ला अदालत अगाडि रहेको मधेश ‘ल’ फर्ममा बम विस्फोट भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो करिब ४ बजे भएको विस्फोटमा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको छ।

प्रारम्भिक रूपमा सुतली बम भएको अनुमान गरिएको छ भने घटनास्थलमा सुरक्षा निकायको टोली पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *