विराटनगर – सामान्य पारिवारिक विवादका बीच एक महिलाले पेट्रोल छर्किएर आफैंलाई आगो लगाउँदा आमा–छोरा दुवै घाइते भएका छन्।
४२ वर्षीया निर्मला खत्री गम्भीर घाइते भएकी छन् भने आगो निभाउने क्रममा उनका १९ वर्षीय छोरा पनि जलेका छन्।
दुवैको नोबेल शिक्षण अस्पताल मा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रारम्भमा ग्यास विस्फोट भनिए पनि अनुसन्धानपछि आत्मदाह प्रयास भएको खुलेको छ।


