काठमाडौँ — प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले बिहीबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
शपथ ग्रहण सिंहदरबारस्थित नयाँ संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।


