Friday, June 05, 2026
Home > स्थानीय समाचार > कानेपोखरीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

कानेपोखरीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङको कानेपोखरीमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा ५८ वर्षीय वीरेन्द्र कार्की गम्भीर घाइते भएका थिए।

उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक निष्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *