Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोशीमा बर्डफ्लु: ५५ हजार कुखुरा नष्ट, पोल्ट्रि व्यवसाय संकटमा

कोशीमा बर्डफ्लु: ५५ हजार कुखुरा नष्ट, पोल्ट्रि व्यवसाय संकटमा

कोशी प्रदेशमा फैलिएको बर्डफ्लु संक्रमणका कारण झापा, मोरङ र सुनसरीका १२ पोल्ट्रि फार्ममा करिब ५५ हजार कुखुरा नष्ट गरिएको छ। साथै ठूलो मात्रामा अण्डा, दाना र अन्य सामग्री पनि नष्ट गरिएको छ।

संक्रमण उर्लाबारी र सुन्दरहरैंचाबाट सुरु भई अन्य क्षेत्रमा फैलिएको हो। नियन्त्रणका लागि सरकारी टोली परिचालन गरिएको भए पनि जोखिम कायम छ।

पोल्ट्रि व्यवसायमा ठूलो असर परेको भन्दै किसान चिन्तित छन्। सरकारले नियमअनुसार क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *