Friday, June 05, 2026
Home > आर्थिक समाचार > पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समान १५ रुपैयाँ बढाएको छ। पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको असर पर्ने निगमले जनाएको छ।

काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८७ रुपैयाँ कायम गरिएको छ भने विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र विरगञ्जमा १८४.५० रुपैयाँ, सुर्खेत र दाङमा १८६ रुपैयाँ तोकिएको छ।

निगमले उपभोक्तालाई मितव्ययिता अपनाउन अनुरोध गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि मूल्य घटाउने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *