श्रम संस्कृति पार्टीका अध्यक्ष र प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले शपथ ग्रहण ढिला भएको आरोप लगाउँदै रवि लामिछाने र बालेन्द्र शाह (बालेन) लाई दोषी ठहराएका छन्। उनले फेसबुकमा लेखेका छन्, “बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेण्ड ढिला शपथ भएको किन नदेखेको?”
यो घटना बुधबार सिंहदरबारस्थित संसद भवनमा भएको नव निर्वाचित सांसदहरूको शपथ ग्रहण समारोहसँग सम्बन्धित छ।


