Friday, June 05, 2026
Home > स्थानीय समाचार > बौद्धमा तेमाल जात्रा मनाइयो

बौद्धमा तेमाल जात्रा मनाइयो

चैत्र पूर्णिमामा काठमाडौंको बौद्ध क्षेत्रमा तामाङ समुदायले धार्मिक तथा सांस्कृतिक महत्वको तेमाल जात्रा मनाएका छन्। श्रद्धालुहरूले दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै बत्ती बालेर पूजा गरेका थिए।

जात्रामा मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट आएका तामाङ समुदायका मानिसहरू सहभागी भएका थिए। लामा गुरुहरूको नेतृत्वमा विशेष ‘ङोवा मोन्लम’ पूजापाठ सम्पन्न भएको थियो।

परम्पराअनुसार, जात्रा बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाअर्चना गरेर समापन गरिन्छ। श्रद्धालुहरूको विश्वास छ कि यसरी पूजा गर्दा मृतकको आत्माले शान्ति पाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *