काठमाडौं, चैत २० – बलात्कारको आरोप लागेपछि नेपाली कलाकार सागर लम्साल (बले)लाई चलचित्र ‘पाँच पाण्डव’ बाट निष्कासन गरिएको छ।
निर्माण कम्पनी कालीरानी फिल्मस प्रालिले नैतिकताका आधारमा आपतकालीन बैठक बसेर लम्साललाई चलचित्रबाट हटाउने निर्णय गरेको जनाएको छ। उनले फिल्ममा अभिनय गरेका करिब ९०% दृश्य अब समावेश नहुनेछन्।
निर्माण पक्षले चलचित्र परिवार, समाज र दर्शकसमक्ष घटनाको सत्यतथ्य स्पष्ट पार्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।


