काठमाडौँ — आइतबार सेयर बजारमा भारी गिरावट देखिएको छ। नेप्से परिसूचक १०५.५० अंक (३.७९%) घटेर २६७६ विन्दुमा झरेको छ।
उच्च गिरावटका बीच पनि १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
नयाँ सरकार गठनपछि बजारमा कुल २८४ अंकको गिरावट आएको छ। स्टक ब्रोकरका अनुसार व्यवसायीमाथि बढ्दो दबाबका कारण लगानीकर्ता त्रसित देखिएका छन्।


