काठमाडौं, २२ चैत – शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरेको छ।
आइतबार पक्राउ परेका अग्रवालविरुद्ध विभागमा अनुसन्धान जारी छ। यसअघि ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बयान सकिएपछि छोडिएका थिए। शंकर ग्रुप नेपालमा स्टिल, सिमेन्ट, जलविद्युत् र उपभोक्ता वस्तु क्षेत्रमा परिचित व्यावसायिक समूह हो।


