कपिलवस्तु । महाराजगञ्जमा झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका २२ वर्षीय जितेन्द्र यादव को उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।
गत चैत ७ गते हिन्दु–मुस्लिम झडपपछि स्थिति नियन्त्रणका क्रममा चलेको गोली लागेर उनी गम्भीर घाइते भएका थिए । अस्पतालमा उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।


