Friday, June 05, 2026
Home > स्थानीय समाचार > उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमण, २१ भेडाच्याङ्ग्रा मरे

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमण, २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ, चैत २३ — उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट १० भेडा र ११ च्याङ्ग्रा मरेका छन् भने सात घाइते भएका छन्। तीन सय १५ वटा भेडाच्याङ्ग्रा रहेको खोरमा भएको घटनापछि क्षति प्रारम्भिक रूपमा चार लाख ५५ हजार रुपैयाँ अनुमान गरिएको छ। एक्यापले घटनास्थलमा निगरानीका लागि सिसीक्यामेरा जडान गरेको छ र पीडित पशुपालकलाई वन्यजन्तु क्षति राहत उपलब्ध गराइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *