Friday, June 05, 2026
Home > स्थानीय समाचार > कपिलवस्तुमा गाउँपालिकाका उपाध्यक्षले सशस्त्र हवल्दारलाई कुटेपछि पक्राउ

कपिलवस्तुमा गाउँपालिकाका उपाध्यक्षले सशस्त्र हवल्दारलाई कुटेपछि पक्राउ

कपिलवस्तु – शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीलाई सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारभिमबहादुर चौधरी माथि कुटपीट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उपाध्यक्ष चौधरीले सीमा क्षेत्र अन्तर्गत सिवलवा नाकामा ड्युटीमा खटिएका हवल्दार भिमबहादुरलाई सरकारी गाडीमा आएर हातपात गरेका हुन्। घटनापछि जिल्ला अदालतले चार दिनको म्याद दिँदै उपाध्यक्षलाई थुनामा राखेर थप अनुसन्धान सुरु गरिएको छ।

सिसिटीभी फुटेजमा उपाध्यक्षले कुटपीट गरेको दृश्य भाइरल भएको छ। चौधरीले भने सुरक्षाकर्मीले स्थानीयलाई विभिन्न बहानामा दुःख दिइरहेको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *