Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सिंहदरबार प्रवेशमा कानुन व्यवसायी रोक, बारको आपत्ति

सिंहदरबार प्रवेशमा कानुन व्यवसायी रोक, बारको आपत्ति

काठमाडौं — सरकारले कानुन व्यवसायीलाई परिचयपत्रको आधारमा सिंहदरबार प्रवेश गर्न रोक लगाएको छ। यसअघि २०४६ सालदेखि नेपाल बार काउन्सिल र बार एसोसिएसनको परिचयपत्रले सहज प्रवेशको सुविधा थियो।

नेपाल बार एसोसिएसनले यस निर्णयमा गम्भीर आपत्ति जनाउँदै कानुन तथा गृह मन्त्रालय, महान्यायाधिवक्ता, प्रधानमन्त्री सचिवालय र मुख्य सचिवलाई ध्यानाकर्षण पत्र पठाउने तयारी गरेको छ।

प्रशासकीय अदालतका रजिस्टारका अनुसार अब कानुन व्यवसायीहरूले ‘नागरिक एप’ मार्फत गेट पास लिएर मात्र प्रवेश पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *