Friday, June 05, 2026
Home > स्थानीय समाचार > लुम्बिनीका बिजुली बस अब अन्य विमानस्थलमा सञ्चालन गरिने

लुम्बिनीका बिजुली बस अब अन्य विमानस्थलमा सञ्चालन गरिने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ल्याइएका पाँचवटा विद्युतीय बस अब पोखरा, सुर्खेत, नेपालगन्ज र धनगढीका विमानस्थलमा सञ्चालन गर्ने तयारी गरिएको छ।

पर्यटन मन्त्रालयको निर्णयअनुसार बसहरू नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिँदै छन्। योजना अनुसार दुई बस पोखरामा र बाँकी तीन बस अन्य विमानस्थलमा एक–एक वटा सञ्चालन गरिनेछ।

यी बस मूलतः लुम्बिनी क्षेत्रलाई प्रदूषणमुक्त बनाउन ल्याइएका थिए, तर प्रक्रियागत जटिलताका कारण पाँच वर्षदेखि प्रयोगविहीन अवस्थामा थिए। लामो समय थन्किँदा बसहरूमा प्राविधिक समस्या देखिएको छ र मर्मतका लागि ठूलो खर्च लाग्ने अनुमान गरिएको छ।

स्थानीय स्तरमा भने यी बस भैरहवामै सञ्चालन गर्नुपर्ने माग उठिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *