चीनले भारतको भूभागमा पर्ने स्थानहरूको नाम परिवर्तन गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्ता “मनगढन्ते नाम” स्वीकार्य नहुने र यी क्षेत्र सधैं भारतकै अभिन्न हिस्सा रहेको दाबी गरेका छन्। मन्त्रालयले चीनका यस्ता कदमले भारत–चीन सम्बन्ध सामान्य बनाउने प्रयासमा असर पार्ने चेतावनी पनि दिएको छ।


