काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
इम्रान अहमद लाई श्रीलंकाबाट काठमाडौं आइपुगेपछि भन्सार जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल का अनुसार उनको साथबाट करिब २ केजी ९६ ग्राम गाँजा बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


