पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क सटल बस सेवा सुरु गरिएको छ। नयाँ वर्ष २०८३ को अवसरमा सेवा शुभारम्भ गरिएको हो।
पोखरा महानगरपालिकाको पहलमा सुरु गरिएको यो सेवा असार मसान्तसम्म परीक्षणका रूपमा निःशुल्क सञ्चालन हुनेछ। त्यसपछि न्यूनतम शुल्कमा नियमित सञ्चालन गर्ने योजना छ।
दैनिक बिहान ६ बजेदेखि राति १० बजेसम्म दुई बसमार्फत सेवा दिइनेछ। विमानस्थल–सहर यात्रामा ट्याक्सी भाडा महँगो भएको गुनासोपछि यो सेवा सुरु गरिएको हो।


