काठमाडौं । विश्वप्रसिद्ध म्यागेजिन TIME ले सार्वजनिक गरेको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) परेका छन्।
युवा आन्दोलनबाट उदाएका उनी मेयरदेखि प्रधानमन्त्रीसम्मको यात्राले अन्तर्राष्ट्रिय ध्यान खिचेको भन्दै टाइमले उनको प्रभाव उल्लेख गरेको हो। सामाजिक सञ्जालमार्फत स्थापित छवि र पुराना नेतृत्वलाई चुनौती दिने शैलीलाई पनि सूचीमा पर्नुको प्रमुख कारण मानिएको छ।


