Friday, June 05, 2026
Home > स्थानीय समाचार > सुनसरीमा लागूऔषधसहित दुई युवा पक्राउ

सुनसरीमा लागूऔषधसहित दुई युवा पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित पकली–चतरा सडक खण्डबाट प्रहरीले दुई युवालाई लागूऔषधसहित पक्राउ गरेको छ।

उदयपुरतर्फ जाँदै गरेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ठूलो मात्रामा ट्रामाडोल क्याप्सुल र स्पास्पेन ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा उदयपुरका दुई युवक रहेका छन्। उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *