Friday, June 05, 2026
Home > स्थानीय समाचार > रेसुंगा विमानस्थलमा साप्ताहिक उडान चार पुग्यो, काठमाडौं–गुल्मी भाडा करिब ३ हजारले बढ्यो

रेसुंगा विमानस्थलमा साप्ताहिक उडान चार पुग्यो, काठमाडौं–गुल्मी भाडा करिब ३ हजारले बढ्यो

गुल्मीको रेसुंगा विमानस्थलमा अब साप्ताहिक तीनको सट्टा चार उडान हुने भएको छ। नयाँ तालिकाअनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान सञ्चालन हुनेछन्।

इन्धनको मूल्यवृद्धिसँगै काठमाडौं–गुल्मी हवाई भाडा पनि करिब तीन हजार रुपैयाँले बढेको छ। नयाँ दरअनुसार गुल्मी–काठमाडौं भाडा १० हजार ७ सय रुपैयाँ र काठमाडौं–गुल्मी १० हजार ९ सय रुपैयाँ कायम गरिएको छ। यसअघि यो भाडा क्रमशः ७ हजार ३ सय र ७ हजार ५ सय रुपैयाँ थियो।

Resunga Airportमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले नियमित उडान गर्दै आएको छ। मौसम खराब हुँदा उडान प्रभावित हुने यो विमानस्थलबाट दुई वर्षअघि नियमित सेवा सुरु गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *