Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस आधिकारिकता विवाद सर्वोच्चमा ‘हेर्दाहेर्दै’मा

कांग्रेस आधिकारिकता विवाद सर्वोच्चमा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिट सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राख्दै शुक्रबारका लागि निरन्तर सुनुवाइ तोकेको छ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबार सुनुवाइ भएको हो। पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्णयविरुद्ध रिट दायर गरेका छन्।

देउवा पक्ष र सरकारी वकिलको बहस सकिएको छ भने अब थापा पक्षको प्रतिरक्षा र जवाफी बहसपछि सम्भवतः शुक्रबार नै आदेश आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *