सुनसरी । बर्जु गाउँपालिका–६ बाट गैँडाको खागसहित चार जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिँदै एक थान खाग र दुई मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ परेकालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुनसरीमा बुझाइएको छ। खाग कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्नेबारे अनुसन्धान जारी छ।
गैँडाको खाग अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित भए पनि उच्च मूल्य र भ्रमका कारण यसको अवैध तस्करी हुने गरेको छ, जसले वन्यजन्तु संरक्षणमा चुनौती थपिरहेको छ।


