विराटनगर– महानगरपालिका–६ सरोचियाटोलका करिब १० घरपरिवार ७ वर्षदेखि खानेपानी सेवा नपाए पनि नियमित बिल तिर्न बाध्य भएका छन्।
स्थानीयका अनुसार कोरोना कालदेखि बन्द धारा अझै सञ्चालनमा आएको छैन। पटक–पटक गुनासो गर्दा पनि समस्या समाधान नभएको उनीहरूको भनाइ छ।
पानी अभावका कारण स्थानीयले चापाकल र किनेर पानी प्रयोग गर्नुपरेको छ। खानेपानी संस्थानले नयाँ पाइपलाइन विस्तार गर्ने बताउँदै आएको भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन।


