काठमाडौं । पाल्पामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
रैनादेवी छहरा गाउँपालिका–६ का २२ वर्षीय कमल सोमरेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
उजुरीका आधारमा पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


