Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोशी प्रदेशमा यातायात सेवामा डिजिटल प्रणाली सुरु, घरमै राजस्व तिर्न सकिने

कोशी प्रदेशमा यातायात सेवामा डिजिटल प्रणाली सुरु, घरमै राजस्व तिर्न सकिने

विराटनगर । कोशी प्रदेश सरकारले यातायात सेवा डिजिटल बनाउँदै इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी र टोकन प्रणाली सुरु गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रणालीको उद्घाटन गर्दै अब सवारी सम्बन्धी राजस्व तथा अन्य शुल्क अनलाइनमार्फत तिर्न सकिने बताए।

नयाँ प्रणालीले सेवाग्राहीलाई लाइन बस्नुपर्ने झन्झट हटाउने र सेवामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

लाइसेन्स सेवाका लागि टोकन प्रणाली पनि लागू गरिएको छ, जसले भीड व्यवस्थापन र सेवा प्रवाहलाई व्यवस्थित बनाउनेछ।

सरकारले सफल कार्यान्वयनपछि यो प्रणाली अन्य यातायात कार्यालयमा पनि विस्तार गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *