Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ घाइते

स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ घाइते

प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई करिब २५–३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ५ जना बालबालिका रहेका छन् भने १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ। थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *