काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतले सरकार र सम्बन्धित पक्षलाई छलफलमा झिकाएको छ।
न्यायाधीशको एकल इजलासले सरकारसँग लिखित जवाफ पनि माग गरेको छ। कडेलको नियुक्ति संविधानअनुसार नभएको दाबी गर्दै अधिवक्ताहरूले रिट दायर गरेका थिए।
अब सर्वोच्चको संयुक्त इजलासमा छलफलपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय हुने भएको छ।


