काठमाडौं । आज वैशाख ११ देशभर लोकतन्त्र दिवसका रूपमा मनाइँदै छ। जनआन्दोलन २०६२–०६३ को सफलतासँग जोडिएको यो दिनले निरंकुश शासन अन्त्य र जनताको शक्ति स्थापित भएको क्षणको स्मरण गराउँछ।
यसै दिन ज्ञानेन्द्र शाह ले विघटित संसद् पुनःस्थापना गर्ने घोषणा गरेका थिए, जसले लोकतन्त्र पुनर्स्थापनाको मार्ग खोलेको थियो। आन्दोलनमा राजनीतिक दल र जनताको व्यापक सहभागिताले निर्णायक दबाब सिर्जना गरेको थियो।
यसपछि संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा र अन्ततः नयाँ संविधान जारी हुँदै नेपाल संघीय लोकतान्त्रिक प्रणालीमा प्रवेश गरेको हो।


