Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुमबासी बस्ती हटाउनेबारे सरकारसँग सोध्न रास्वपाको भनाइ

सुकुमबासी बस्ती हटाउनेबारे सरकारसँग सोध्न रास्वपाको भनाइ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउने सरकारी तयारीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारसँगै सोध्नुपर्ने प्रतिक्रिया दिएको छ।

पार्टी प्रवक्ता मनिष झाले उक्त विषयमा पार्टीमा कुनै स्पष्ट छलफल नभएको भन्दै सरकारलाई नै जानकारी हुनुपर्ने बताएका छन्। “त्यो विषय सरकारका प्रवक्तालाई नै सोध्नू,” उनले भने।

सरकारले शनिबारदेखि सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी गरिरहँदा बस्तीमा विरोध प्रदर्शन पनि सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *